सोधपुछ (Query)    |    पृष्ठपोषण (Feedback)
   August 20, 2008 
  समाचार सारांश:
(19 Aug, 2008)
अफगानिस्तानमा आत्मघाती विष्फोट...
(19 Aug, 2008)
जापानमा पनि चिकित्सा क्षेत्रमा लापरबाही भेटिए...
(19 Aug, 2008)
रुस र जर्जियाबीच बन्दी साटासाट...
(19 Aug, 2008)
अल्जेरियामा सशस्त्र समुहद्बारा आक्रमण...
(19 Aug, 2008)
चीनको कोइलाखानीमा विष्फोट...

 के यतीले लाज मान्थ्यो होला त ? कि बाँदर जस्तो थियो.....

- (आरजु)


हिमालय क्षेत्रका मानिसहरुको वर्णन अनुसार तयार पारीएको उक्त चित्रले अहिले विश्व संचार माध्यममा व्यापकता पाएको छ । जस्लाई विविसिले आफ्नो वेव साईटमा सुरक्षित तवरले राखेको छ । यती अर्थात हिम मानव एउटा प्राणि हो तर किम्वदन्तिमा मानिसहरुको कल्पनामा मात्रै सिमित रहेको छ ।

» यहाँ थिच्नुहोस् । (Click Here)


 इतिहासमा पोखरा

- (अधिवक्ता ओमराज पौडेल)


यसरी इतिहासका कालखण्डहरुमा पोखराका वारेमा प्रकाशित विभिन्न सामाग्रिहरुको अध्ययनवाट जुन तथ्यहरु मैले फेला पारेँ, त्यसलाई पाठकहरु समक्ष प्रस्तुत गर्न सान्दर्भिक ठानेँ । पोखरा त्यस स्थितिवाट आजको स्थितिसम्म आउनमा हाम्रा पुर्खाहरुले धेरै भुमिका खेलेका छन् । सम्भवत पोखरा निर्माणमा थुप्रै पसिना खर्चिए होलान, जसवाट आज हामीले आजको हाम्रो पोखरा देख्न पाइरहेका छौं ।

» यहाँ थिच्नुहोस् । (Click Here)

फोटो पत्रकार तथा हाम्रा सहयात्री अमन गुरुङले पोखराको लेकसाईडलाई क्यामरामा यसरि कैद गरेका छन् । हेरौं उनको त्यो उत्कृष्ट कलाकारिता ।

[ यहाँ थिच्नुहोस् । ]


तराईमा नागरिक सुरक्षाको अवस्था

- (रामकुमार एलन)


हतियारले ल्याएको यो आतंक र प्रतिआतंकको क्रममा देखाइएको हतियारबारे राज्यले कसैलाई पनि छुट दिन सक्दैन । उसो त राज्यको काम सुरक्षा दिने हो । सुरक्षा दिन यतिखेर राज्य सकिरहेको छैन । पूर्वी नपालको यो ऐना नयाँ नेपाल निर्माणको मार्गचित्र कोर्ने काममा बाधा बनिरहेको छ । तराईमा जन्मिएका विभिन्न समूहहरुले अर्कै नेपालको नारा घन्काइरहेका छन् । उनीहरुले अलग राज्यको माग राखेर युवादस्ता तयार पारेका छन् र युवाहरुलाई हतियार बोकाएका छन् ।

» यहाँ थिच्नुहोस् । (Click Here)


प्याराग्लाइडिङ्गका पारखी स्कट चरासँगै आकाशमा...
प्याराग्लाइडिङ्गका पारखी स्कट मीसन चरालाई पछ्याउँदै आकाशमा उड्न थालेको सातवर्षभयो । जुन उचाईसम्म चराले न्यानो, तातो हावा पाउँछ त्यहीँसम्म उड्छ । चरालाई पछ्याउँदै स्कट पनि उडछन् कावा खाँदै आकाशमा । सुन्दर फेवाताल माथि सराङ्गकोट डाँडाबाट प्याराग्लाइडिङ्गमा उडान शुरु हुन्छ ...

» यहाँ थिच्नुहोस् ।


YELLOWPAGES DIRECTORY
(विजनेस डाईरेक्टरी)


व्यवसायिक डाईरेक्टरी मार्फत कुनैपनि व्यवसायिक, सेवामूलक, सरकारी, अर्ध-सरकारी, गैह्रसरकारी, तथा अन्य संस्थाहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।


WHITEPAGES DIRECTORY
(टेलिफोन डाईरेक्टरी)


टेलिफोन डाईरेक्टरी मार्फत कुनैपनि व्यक्ति वा संस्थाको नाम, ठेगाना, तथा फोन नंवर थाहा पाउन वा खोजि गर्न सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।


E-CARDS
(शुभकामना सन्देश)


शुभकामना सन्देश मार्फत आफन्तहरुलाई आफ्ना भावनाहरु व्यक्त गर्न सक्नुहुन्छ । समय तथा परिस्थिति अनुकुलका अभिव्यक्तिहरु पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ जस्ले तपाई तथा तपाईका आफन्तहरुमाझ एक नयाँ उर्जा प्रदान गर्दछ, घनिष्ठतालाई मजबुत बनाउँदछ ।

हाम्रा फोटो पत्रकार तथा प्राविधिकहरुले खिचेका नेपालका विभिन्न आयामहरुसँग संवन्धित तिता, मिठा अनुभव, तथा सुनौलो समयका तस्विरहरुको विशाल सङ्कलन जसलाई तपाई हेर्न तथा शुभकामना संदेशको रुपमा आफन्तलाई पठाउन पनि सक्नुहुन्छ ।

यहाँ थिच्नुहोस् ।

  मुख्य समाचार (Top Story)
तीनदल बीच साझा सहमतीका कार्यक्रममा हस्ताक्षर भएन(17 Hour 54 Minutes Ago)
सत्ता साझेदार तीनदलीय गठबन्धनका शिर्षनेताहरुवीच मन्त्रालय बाँडफाँडका बिषयमा सहमति कायम गर्न आज फेरी छलफल हुने भएको छ ।
प्रधानमन्त्री दाहाल र भारतीय राजदुतवीच भेट(18 Hour 19 Minutes Ago)
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि भारतीय राजदुत राकेश सुधवीच आज विहान औपचारिक भेटवार्ता भएको छ ।
रुकुममा खाद्यान्नको अभावसँगै भोकमरी(42 Hour 23 Minutes Ago)
रुकुमका आधा दर्जनजति गाविसहरुमा वर्षा यामसँगै खाद्यान्न अभाव देखिएको छ ।
दलहरूलाई नयाँ सोंचका साथ अघि बढ्न आग्रह(42 Hour 23 Minutes Ago)
अन्तराष्ट्रिय जेसीजका उपाध्यक्ष अनुपमान सैंजुले नयाँ नेपाल निर्माणका लागि राजनैतिक दलहरू नयाँ सोंच र चिन्तनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री र भारतीय नेताहरुबीच भेटवार्ता(42 Hour 23 Minutes Ago)
नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहणमा निम्त्याइएका भारतीय नेताहरुको टोलीले आज विहान प्रचण्डलाई भेटी गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री हुनु भएकोमा बधाई ज्ञापन गरेका छन् ।
  विस्तृत समाचार (News Archive)
पाल्पा ०३ भदौ, ०६५ (19 Aug, 08)
अविरल बर्षाले सडक अवरुद्ध( 17 Hours 37 Minutes Ago )

सोमवार साझदेखि परेको अविरल वर्षाले उत्तर-दक्षिण सिर्द्धार्थ राजमार्ग मंगलबार अवरुद्ध भएको छ ।..

बुटवल ०३ भदौ, ०६५ (19 Aug, 08)
बाढीले तीनजनालाई बगायो( 17 Hours 59 Minutes Ago )

अविरल वर्षसँगै तिनाउ नदीमा आएको बाढीले बुटवल सुकुम्बासी बस्तीका ३ जनालाई बगाएको छ ।..

बुटवल ०३ भदौ, ०६५ (19 Aug, 08)
पहिरोले सिर्द्धार्थ राजमार्ग अवरुद्ध( 18 Hours Ago )

अविरल वर्षासगै गएको पहिरोका कारण सिर्द्धार्थ राजमार्गको बुटवल-तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।..

काठमाडौं ०३ भदौ, ०६५ (19 Aug, 08)
नेपाल पत्रकार महासंघ-नेपाल वन शाखा( 18 Hours 13 Minutes Ago )

एक वर्षघि व्यवस्थापनसंग भएको सहमति पुरा गर्नुपर्ने मागसहित आन्दोलनरत नेपाल वान टेलिभिजनका काठमाडौं कार्यालयका पत्रकार तथा कर्मचारिहरुको मागको बारेमा वार्ता गर्न आधिकारिक व्यक्ति नझिकाएको भन्दै नेपालस्थित भारतीय दूतावासमा धर्नामा बसेका पत्रकारमाथी प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेकोछ ।..

काठमाडौं ०३ भदौ, ०६५ (19 Aug, 08)
अरनिको राजमार्ग अवरुद्ध( 18 Hours 15 Minutes Ago )

यात्रुवाहक वसको ठक्करबाट बालिकाको मृत्युको विषयलाई लिएर काभ्रे नासिकास्थानका स्थानीयवासिन्दाले विहानैबाट अरनिको राजमार्गको आवागमन ठप्प पारेका छन् ।..

काठमाडौं ०३ भदौ, ०६५ (19 Aug, 08)
नर्वैली मन्त्री नेपालमा-भेटघाटमा बिजी( 18 Hours 17 Minutes Ago )

दुईदिने नेपाल भ्रमणमा रहनु भएका नर्वैका वातावरण तथा विकास मन्त्री एरिक्स सोल्हेमले आज दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहनुहुने भएको छ ।..

बुटवल ०३ भदौ, ०६५ (19 Aug, 08)
बस व्यवसायी सङ्घमा नयाँ नेतृत्व( 18 Hours 24 Minutes Ago )

पश्चिम नेपाल बस व्यवसायी सङ्घको हिजो सम्पन्न १४औँ अधिवेशनले तुल्सीराम बन्जाडेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।..

राजविराज ०३ भदौ, ०६५ (19 Aug, 08)
प्रजिअ मिश्रा सम्मानित( 18 Hours 25 Minutes Ago )

मैथिली भाषा साहित्यको विकासमा योगदान पुर्‍याएवापत सप्तरीका प्रमुख जिल्ला अधिकारी जिवछ मिश्रा र स्थानीय विकास अधिकारी दिलीपकुमार चापागाईलाई मैथिली साहित्य परिषद् सप्तरीद्वारा हिजो यहाँ आयोजित कार्यक्रममा सम्मान गरियो ।..

परासी ०३ भदौ, ०६५ (19 Aug, 08)
स्थानीय युवाद्बारा रगत सङ्कलन( 18 Hours 27 Minutes Ago )

ब्लड डोनर एसोसिएसन नवलपरासीले जिल्लामा स्थानीय युवाबाट रगत सङ्कलन अभियान चलाएको छ ।..

धार्दिङ ०३ भदौ, ०६५ (19 Aug, 08)
सूचनाको हकसम्बन्धी गोष्ठी( 18 Hours 30 Minutes Ago )

नेपाल पत्रकार महासङ्‌घ आर्टिकल १९ र फ्रिडम फोरमको संयुक्त आयोजनामा भएको सूचनाको हकसम्बन्धी कानुन र आमसञ्चार विषयक एक दिने गोष्ठी हिजो यहाँ सम्पन्न भयो ।..

Next Page » 

किचकिचे रामु

नयाँ नेपालका प्रथम प्रधानमन्त्री कमरेड प्रचण्डलाई सवैभन्दा पहिले हार्दिक बधाई, शुभकामना तथा कार्यकालको सफलताको कामना । दशवर्षे जनयुद्बलाई सफलताको यो शिखरमा ल्याईपुर्‍याउन सक्नु निश्चयनै ऐतिहासिक, आश्चार्यजनक र सराहनिय कार्य छ जुन उहाँजस्ता गौरवशालि, दुशदर्शि, तथा सफल नेतृत्वकर्ताविना संभव थिएन । साँच्चै नविन नेपालको प्रथम प्रधानमन्त्री पदको उहाँ सच्चा हकदार पनि हुनुहुन्छ । साथै उहाँले ईश्वरको नाममा सपथ नखाई जनताको नाममा सपथ खाएको देख्दा मन हर्षित त भयोनै तर कता कता डर पनि लाग्यो । डर यस अर्थमा लाग्यो कि यदि उहाँले जुन प्रयोजनको लागि सपथ खानुभयो त्यो पूरा गर्न सक्नुभएनभने तिनकोटि जनको श्राप कसरि थेग्नुहोला । जनतालाई त्यति हल्का रुपमा लिएर सपथ खानु त्यति उचित थिएन किनकी नेपालको वर्तमान सन्दर्भमा काम गरेर देखाउनुजति चुनौतपूर्ण कार्य अर्को छैन । बरु कम्यूनिष्टहरुले विश्वाश नगर्ने त्यहि ईश्वरको नाममा सपथ खाएकोभए कथंकदाचित कार्य संपादन गर्न नसकेको खण्डमा पापबाट त जोगिन सकिन्थ्यो । यदि हुँदै नभएको ईश्वर आएर स्पष्टिकरण मागेको खण्डमा पनि एकजनाको चित्त बुझाउन वा स्पष्टिकरण दिन सहजै हुन्थ्यो । ला ! नसकेको खण्डमा तिनकोटि जनको चित्त कसरी बुझाउने होला, तिनकोटिलाई कसरि स्पष्टिकरण दिने होला ?

यसका साथै डर उहाँको प्रश्तुतिसँग पनि गाँसिन पुग्यो । नेपाली प्रधानमन्त्रि, वेलायति (माओवादी भाषामा साम्राज्यवादी) पोशाकमा सजिसजाउ देख्दा बडो आश्चार्य लाग्यो साथै डरपनि कि कतै साम्राज्यवादी भूत त सवार छैन उहाँमा, अनि सम्झना भयो भियतनामी क्रान्ति तथा क्रान्तिनायक हो चि मिन्हको । भियतनामी क्रान्तिपश्चात पहिलो पटक जनतालाई सम्वोधन गर्ने कार्यक्रममा हो चि मिन्हको उपस्थितिले सारा जनतालाई चकित बनाएको थियो । जनताहरुले सोचेका थिए राष्ट्रपति हो चि मिन्ह आफ्नो पूरानो पोशाकलाई त्यागेर कुनै नयाँ तथा आकर्षक पोषाकमा सजिएर उनिहरुलाई सम्वोधन गर्न आउनेछन । तर उनि त उहि पुरानो, मैलो, तथा फाटेर टालेकै पोशाकमा जनतासामु उपस्थित भएका थिए जुन खाले पोशाक उनले लागाउँदै आएका थिए र जुन पोशाकले त्यहाँका बहुसंख्यक जनको प्रतिनिधित्व गर्दथ्यो । जनताको नाममा सपथ खाने नयाँ नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई पनि यदि राष्ट्रिय पोशाक प्रति त्यतिकै वितृष्णा हुँदो हो त उहाँले पनि जसको नाममा सपथ खानुभयो उनिहरुकै प्रतिनिधित्व हुने खालको पोशाकमा उपस्थित हुनु पर्थ्यो जुन सच्चा कम्यूनिष्ट चरित्रभित्र पर्दछ । जुन वर्गले उहाँलाई आफ्नो सच्चा प्रतिनिधि ठान्छ उनिहरुलाई पनि अफ्ट्यारो महशुश त अवश्यनै भयोहोला किनकी उनिहरुलाई सामान्यतया टाई बाँध्न पनि आउँदैन, कमरेडको घाटिमा झुण्डिएको टाई देख्दा मलाई पनि कताकता स्वाश फेर्न गाह्रो भएजस्तो महशुश भयो र सोच्न पुगेँ त्यस्तो ड्रेशमा कसरि काम गर्न सकिन्छ होला ? बरु टिसर्ट, कट्टु र चप्पलमै भैदिएको भए काम गर्न सजिलो पनि हुने यो गर्मिमा, अनि नविन कार्यको थालनि पनि हुने, विश्वभर चर्चाको शिखरमा पनि पुगिने ।

तर कुनैकुनै कुरा हेर्दा नकारात्मक भए पनि आशय सकारात्मक हुने गर्दछ । प्रचण्डको उपरोक्त उपस्थितिले कुनै गहिरो शन्देष दिएको पनि हुनसक्छ है । आशा गरौं कमरेडको उपरोक्त नविन प्रस्तुतिले नविन नेपालका पूराना जनताको पूरानो पोशाक फेरिएर वेलायती साम्राज्यवादी पोशाकमा ठाँटिएर साम्राज्यवादीहरुकै शैलिमा जनहरुले जीवनयापन गर्न पाउने छन् । त्यति भएमा त्यस्तो राष्ट्रिय पोशाक र राष्ट्रिय भाषालाई गोलि मार्न केहि आईतवार पनि हुँदैन । आखिर हाम्रा पूराना तथा नविन नेताहरु सवैको सपना पनि त्यहि त हो नि कहिले नेपाललाई सिंगापूरजस्तो बनाउने कहिले वेलायत, स्विट्जरल्याण्ड जस्तो बनाउने । त्यसको लागि आजैबाट पूरानो राष्ट्रभाषा तथा राष्ट्रभेष त्यागौं, नविन नेपालको शुरुवात गरौं । आखिर नयाँ हुनको लागि पूरानो त्याग्नै पर्छ, हटाउनै पर्छ । अझ सकिन्छ भने पूरानो नामलाई पनि त्यागेर वेलायत राखौं अनि त नेपाल वेलायत भैहाल्छ । थुक्क, पूराना नेताहरुमा यति बुद्धिपनि नआएको । नेपाल उहिल्यै सिंगापूर हुने रहेछ, बेकार सिंगापूर बनाउने नाम अनि सपनामा अहिलेसम्म झिंगापूर बनाएर.................. । ईशिलिए आओ आजसेहि हिन्दी सिखें और बोलें, सुटेड बुटेड होके नविन नेपालका निर्माण करें ।

बेईजिङ  (19 Aug, 2008)
हारेपनि उस्को ठूलो स्वर...
बेईजिङ  (19 Aug, 2008)
चिनको अग्रता कायमै...
बेइजिङ ०२ भदौ  (18 Aug, 2008)
३९ स्वर्णसहित चीनको अग्रता कायमै, यस ओलम्पीक खेलमा नेपालको सुधार नहुने संकेत...
तेह्रथुम ०२ भदौ, ०६५  (18 Aug, 2008)
फुटबल प्रतियोगिता सुरु...
 (17 Aug, 2008)
सेहवाग खेल्न नसक्ने...

आदिवासी/जनजातिका कार्यक्रम बहिस्कार
(मनोज घर्ती मगर)

'पोखराका पत्रकारहरुले हाम्रा समाचार नै कम लेख्छन्' प्राय: गुरुङहरुले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने मेरो अगाडि उहाँ गुसासो पोख्दै हुनुहुन्थ्यो-'अरु पत्रकारहरुले त वेवास्ता गरे जनजातिका पत्रकारले त समाचार लेख्‌नुपर्‍यो नि ।' मैले आफ्नो मुण्टो हल्लाउन बाहेक अरु केही गर्न सकिन ।

» यहाँ थिच्नुहोस्

गाईजात्रा पर्वका केहि झलकहरु ।

यहाँ थिच्नुहोस्


सहमतीय राजनीतिको अवसान
(युग पाठक)

यी असन्तोषहरु राष्ट्रवादप्रति अत्यन्त सचेत र परिवर्तनप्रति ज्वारभाटायुक्त उर्जा बोकेका आधारभूत नेपाली जनताका असन्तोषहरु हुन् । (कांग्रेश, एमाले, फोरम)'काएफो' गठबन्धनसँग यी र यस्ता असन्तोषका बाढीहरु थेग्ने क्षमता छैन । एकातिर राजनैतिक सामाजिक आधार बिनै बनेको यो गठबन्धन आन्तरिक विकर्षणले ग्रस्त छ, अर्कोतिर उपराष्ट्रपतिको हिन्दीमोहले उनीहरुको नैतिक धरातलमा पहिरो गएको छ । आफ्नै कार्यकर्ताहरु आफैंले जिताएको उपराष्ट्रपतिको पुत्ला लिएर सडकमा कुदिरहेका छन् र नेताहरु तिनलाई रोक्ने नैतिक आधार गुमाएर किंकर्तव्यविमूढ छन् । त्यसैले 'काएफो' गठबन्धन स्वयंमा एउटा विडम्बना भएको छ ।

» यहाँ थिच्नुहोस्

आधुनिकतावाद, उत्तरआधुनिकतावाद तथा परिवर्तित स्नदर्भमा शिक्षकको नयाँ भूमिका
(डा. गोविन्दराज भट्टराई)
हाम्रो शिक्षा प्रणालीले पनि परिवर्तन मागेको छ । पाठयक्रम भित्रै पस्ने बेला भएको छ । त्यसै पनि हाम्रा विद्यमान पाठयक्रम परिमार्जनको प्रतीक्षा गरिरहेकै थिए, अझ यो सांस्कृतिक/राजनैतिक परिवर्तनको परिदृश्यले तिनीहरूलाई समय सापेक्ष बनाउनु पर्ने बेला आएको छ । मानिएका धेरै मूल्य फेरिएका छन् । अबको नयाँ समयमा शिक्षकको भूमिका पनि बद्‌लिनु पर्ने बेला आयो । एउटा रङ्गमञ्चमा अभिनय गर्दागर्दै अर्को स्टेजमा प्रवेश गर्ने बेला आयो । हाम्रा समस्त मूल्य मान्यताहरू आधुनिक परिस्थितिबाट क्रमिक रूपले उत्तरआधुनिकतातिर सर्दैछन् । त्यसैले अबको शिक्षकले नयाँ परिस्थितिको लागि आफूलाई तत्पर बनाउनु पर्दछ ।

» यहाँ थिच्नुहोस्

Girl children are not considered as children


She said that her husband was very kind and innocent but her younger brother-in-law was asking for their property to be transferred to his children since he had 2 sons.

 » यहाँ थिच्नुहोस्


Poll
  राष्ट्रपति तथा उपराष्ट्रपति मधेशले नै पाएको छ, अबको नेपालमा दुवैको भूमिका कस्तो हुनु पर्ला ?
 
देश हाँक्ने क्षमता राख्नुपर्ने
 
सिंगो नेपाल र नेपालीको पक्षमा वकालत गर्नुपर्ने
 
गणतन्त्रको रक्षा र नया समावेशी संविधान बनाउन उच्च भूमिका खेल्नुपर्ने
   

मत हेर्ने (View Votes)

फेवाताल संरक्षण होला त ?

यहाँ थिच्नुहोस्



Copyright © Nepalmirror.com, All Rights Reserved
(सर्वाधिकार नेपाल मिरर् डट कम मा सुरक्षित)
Site Developed by (साईट निर्माणकर्ता): www.pokharapage.com

हाम्रा सहयात्रीहरु :

रमा लामिछाने | अनिल अधिकारी | नवराज सापकोटा | दिननाथ वराल | माधव वराल | मनोज घर्तिमगर | समिक्षा कोईराला| केशव अधिकारी | देवचन्द्र भट्ट | रामशरण आचार्य | विभु भुषाल | सरस्वती गुरुङ | होम गुरुङ | सम्पदा वास्तोला | इश्वरी शर्मा | नविन पौडेल | लक्ष्मण पौडेल | मुकेश पोखरेल | फणि महत | हरीनारायण गौतम | शान्ति बन्दना पौडेल | रामजी राना | डम्बर अधिकारी | प्रदिप काफ्ले | मिलन शर्मा दनाई | शालिग्राम नेपाल | भवानी शर्मा